दफा १६
बोर्डको बैठक र निर्णय
(१) बोर्डको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) बोर्डको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ ।
(३) बोर्डको कूल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(४) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ।
(५) बैठकको निर्णय अध्यक्ष र सदस्य-सचिवले प्रमाणित गरी राख्नु पर्नेछ।
(६) बोर्डले आवश्यक देखेमा सम्बन्धित विषयका विज्ञलाई बोर्डको बैठकमा आमन्त्रण गर्न सक्नेछ।
(७) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।